बेनी-पुलाचौर सडक कालोपत्र

आइतबार, २३ मंसिर २०८१, ०७ : २५

काठमाडाैं- पुलाचौर पाँच किलोमिटर सडक रु ८२ लाखको लागतमा पक्की बनाइएको छ । बेनी-अर्थुंगे-बाँसबोटसम्म पाँच किलोमिटर खण्डमा कालोपत्र र ढलान भएको हो । बेनी नगरपालिकाका प्रमुख सुरत केसीका अनुसार यो सडक स्तरोन्नतिका लागि रु एक करोड ८० लाख विनियोजन भएको थियो । बाँसबोटमा तीन सय ३० मिटर सडक प्रिमिक्स कालोपत्र र एक सय मिटर ढलान भएको छ ।

एकपाटे, अबेचौर र पुरुण्डी क्षेत्रमा चार सय मिटर ढलान र बेनीको हुलाकचोकदेखि संगमचोकसम्मको एक सय ३० मिटर सडक प्रिमिक्स कालोपत्र भएको छ । बेनी–पाखापानी सडक योजनामा विनियोजन भएको रु तीन करोड बजेटमध्ये रु एक करोड ५० लाखको लागतमा कुरिलाखर्क र अर्थुंगेको घुम्तीमा स्तरोन्नति गरिने नगरप्रमुख केसीले बताए ।

आइतबार, २३ मंसिर २०८१, ०७ : २५

प्रतिक्रिया