सूर्य नेपाल काठमाडौं ओपन मंगलबारदेखि

सोमबार, २४ मंसिर २०८१, १६ : ५५

काठमाडौं - सूर्य नेपाल गल्फ टुर २०२४र२५ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपन मंगलवारदेखि रोयल नेपाल गल्फ क्लबमा सुरु हुँदै छ। 

७२ होलको चार दिने प्रतियोगितामा ३३ प्रोफेसनल र १२ एमेच्योर गरी ४५ खेलाडीले प्रतिस्पर्धा गर्दै छन्। प्रतियोगिताको कुल पुरस्कार राशी ७ लाख ३५ हजार नगद पुरस्कार राशी रहेको नेपाल प्रोफेसनल गल्फर्स संघ (पिजिए नेपाल) का महासचिव दिपक आचार्यले जानकारी दिए।

विजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ। दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश ८५ हजार र ६८ हजार नगद पुरस्कार हात पार्नेछन। चौथो हुनेले ५५ हजार र पाँचौं हुनेले ४८ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। ३६ होलको समाप्तीमा कट लागु हुनेछ। उत्कृष्ट २१ प्रोफेसनल गल्फर तथा प्रो-कट बनाउने एमेच्योरले अन्तिम दुई दिनको लागि स्थान बनाउने छन्। कट बनाउने सबै प्रो गल्फरले नगद पुरस्कार हात पानेछन्। 

डिफेन्डिङ च्याम्पियन निरज तामाङ, नेपाल नम्बर एक प्रो भुवन नगरकोटी, रवि खड्का र दिनेश प्रजापति प्रमुख दाबेदार खेलाडी हुन। उनीहरूलाई पछिल्लो प्रतियोगिताको विजेता एमेच्योर खेलाडी राहुल विश्वकर्मा र नेपाल नम्बर एक एमेच्योर सदभाव आचार्यले कडा चुनौती दिने अनुमान गरिएको छ। 

नेपाल प्रोफेसनल गल्फर्स संघ (एनपिजिए) का अध्यक्ष रविन्द्रमान श्रेष्ठले यस प्रतियोगितामा खेलाडीहरूको प्रभावशाली स्कोर आउनेमा विश्वस्त रहेको बताए । साथै उनले प्रायोजक, सूर्य नेपाललाई निरन्तर सहयोगको लागि धन्यवाद दिए। 

सोमबार, २४ मंसिर २०८१, १६ : ५५

प्रतिक्रिया