पोखरामाथि कर्णालीको सहज जित

मंगलबार, २५ मंसिर २०८१, १५ : ५३

काठमाडौं- कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्समाथि सहज जित निकालेको छ । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा कर्णालीले पोखरामाथि ७ विकेटको जित निकालेको हो ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको पोखरा १६.३ ओभरमा सवै विकेट गुमाउँदै १०३ रन बनाएको थियो । पहिलो पावर प्लेमा निकै उत्कृष्ट प्रदर्शन गरेको पोखराले पछि नाटकिय रुपमा विकेट पतन भयो । पोखराका लागि ओपनर दिनेश खरेलले १९ बलमा सर्वाधिक २६ रन जोडे । अर्को ओपनर आन्द्रेस गौसले पनि २५ रन जोडे । रेमन रेफर २० रनमाा समेटिँदा अन्य खेलाडीले राम्रो गर्न सकेनन् ।

कर्णाली याक्सका विलियम बोसिस्टोले एक्लैले पोखराको ६ विकेट लिए छन् । ४ ओभर बलिङ गरेका उनले मात्र २८ रन दिए । उनी नेपाल प्रिमियर लिगमा एकै खेलमा ६ विकेट लिने पहिलो खेलाडी बनेका छन् । यसअघि सोहेल तनविर, नरेन साउद र हर्श थाकेरले एकै खेलमा ५ विकेट लिएका थिए ।

मंगलबार, २५ मंसिर २०८१, १५ : ५३

प्रतिक्रिया