काठमाडौं- जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले दोस्रो विकेट गुमाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको सुदूरपश्चिमले नवौँ ओभरको खेल जारी रहँदा २ विकेट गुमाएको हो।
पहिलो विकेटका लागि ओपनर सैफ जैब र विनोद भण्डारीले ७.४ ओभरमा ५५ रनको साझेदारी गर्दै सुदूरपश्चिमलाई राम्रो सुरुवात दिलाएका थिए।
ओपनर जैब २१ बलमा २ छक्का सहयोगमा २१ रन बनाउँदै हर्ष ठाकेरको बलमा अरनिको यादवको हातबाट क्याच आउट हुन पुगे।
तेस्रो नम्बरमा ब्याटिङमा आएका हरमित सिहं १ रन बनाउँदा शेर मल्लको बलमा बोल्ड आउट भए। ओपनर विनोद भण्डारी ३० रनमा नटआउट छन्।
सुदूरपश्चिमले अघिल्लो खेलबाट एक खेलाडी परिवर्तन गरेको छ। उसले दिलप्रित बाज्वाको स्थानमा हरमित सिहं सुरुवाती ११ मा ल्याएको छ।
जनकपुरले भने अघिल्लो खेलबाट २ खेलाडी परिवर्तन गरेको छ। उसले हेमन्त धामी, मोहम्मद मोहसिनको स्थानमा अरनिको यादव र जोस्वा ट्रम्प सुरुवाती ११ मा समेटेको हो।
प्रतिक्रिया