नेपाल प्रिमियर लिग

अपराजित जनकपुर बोल्ट्सले चाख्योे हारको स्वाद

बुधबार, २६ मंसिर २०८१, ११ : ४६

काठमाडौं- एनपीएलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सको अपराजित यात्रा टुङ्ग्याइदिएको छ ।

बुधबार भएको पाँचौ खेलमा जनकपुर सुदूरपश्चिम रोयल्ससँग ७२ रनको फराकिलो अन्तरले पराजित भयो । यो हारसँग सुदूरपश्चिम शीर्ष स्थानमा उक्लिँदा जनकपुर दोस्रो स्थानमा झरेको छ । ५ खेलबाट समान ८ अंक जोडेको सुदूरपश्चिम रनरेटमा अगाडि रहँदै शीर्ष स्थानमा पुगेको हो ।

सुदूरले दिएको १२४ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर १२ ओभरमा ५१ रनमा अलआउट भयो । जनकपुरका लागि जोसुआ ट्रोम्पले जोडेको १३ रननै सर्वाधिक रह्यो । जनकपुरले १३ रन अतिरिक्त रुपमा पाएको थियो । बलिङतर्फ सुदूरपश्चिमका हर्मित सिंह,दीपेन्द्रसिंह ऐरी र इसान पाण्डेले समान २ तथा साइन जैफ नरेन साउद र स्कट कुगेलेइनले समान १ विकेट लिए ।

बुधबार, २६ मंसिर २०८१, ११ : ४६

प्रतिक्रिया