काठमाडौं- नेपाल प्रिमियर लिग एनपिएल अन्तर्गत आजको दोस्रो खेलमा काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई १ सय ४ रनको सामान्य लक्ष्य दिएको छ।
आजको खेलमा काठमाडौं गुर्खाज १९।२ ओभरको खेलमा १ सय ३ रन बनाएर अलआउट भएको हो।
टियु क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका थिए।
५ खेलमा ४ मा हार र १ मा जितसहित लुम्बिनी अंक तालिकाको पाँचौ स्थानमा छ। मंगलबार भएको पछिल्लो खेलमा चितवन राइनोजमाथि लुम्बिनीले जित हात पारेको थियो।
लुम्बिनी विराटनगर किंग्स, पोखरा एभेन्जर्स, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्ससँग पराजित भएको थियो।
३ खेलमा २ मा हार र १ मा जितका साथ काठमाडौं तालिकाको छैठौं स्थानमा छ।
प्रतिक्रिया