काठमाडाैं- एनपीएलमा आज बिहान पोखरा एभेन्जर्स र विराटनगर किङ्सकाे प्रतिष्पर्धा हुँदै छ । उक्त खेलमा विराटनगर किङ्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ ।
विराटनगरले ब्याटिङको निर्णय लिएसँगै पोखराले फिल्डिङमा उत्रने भएकाे छ । यसअघि यी दुवै टोलीले चार/चार खेल खेलीसकेका छन् । जसमा दुवै टोलीले एक खेलमा जित निकालेका थिए भने बाँकी तीन खेल हारेका थिए ।
आजको खेल यी दुवै टोलीका लागि निर्णायक मानिएको छ । प्लेअफमा पुग्नका लागि संघर्षरत दुवै टोलीको लागि आजको जित निकै महत्त्वपूर्ण हुनेछ ।
प्रतिक्रिया