काठमाडौं - पोखराका ब्याटर रायमोन रिफायरले अन्तिम बलमा छक्का हानेपछि विराटनगरविरुद्धको खेलमा बराबरी भएको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत विराटनगर किङ्ग्सले दिएको १४० रनको लक्ष्य पछ्याइरहेको पोखरा एभेन्जर्सले लगालग विकेट गुमाए पनि अन्तिम अवस्थगामा रायमोन रिफायले खेललाई टाई गराइदिएका हुन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३९ रन बनाएको थियो । त्यसपछि जवाफी ब्याटिङमा उत्रिएको पोखराले पूरै २० ओभर खेलेर ६ विकेटको क्षतिमा १३९ रन बनायो ।
प्रतिक्रिया