नेप्सेमा सूचीकृत यी तीन कम्पनीको साधारण सभा

शुक्रबार, २८ मंसिर २०८१, ०८ : ४७

काठमाडौं- नेप्सेमा सूचीकृत ३ कम्पनीको साधारण सभा बस्दैछ । आज मंसिर २८ गते शुक्रबार फरवार्ड माइक्रोफाइनान्स, नेसनल हाइड्रोपावर र सुपारमाई हाइड्रोपावरको वार्षिक साधारण सभा बस्न लागेकाे हाे । फरवार्ड माइक्रोफाइनान्स र सुपारमाई हाइड्रोपावरले लाभांश घोषणा गर्ने छन् भने नेसनल हाइड्रोपावरका लगानीकर्ताको हात भने खालि हुनेछ । 

बिहान ११ बजे हुन लागेकाे फरवार्ड माइक्राेफाइनान्सको साधारण सभा दिनेश चौधरी स्मृति प्रतिष्ठान सुनसरीमा हुँदैछ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत लाभांश वितरण गर्ने स्राेतले जनाएकाे छ । स्राेतका अनुसार कम्पनीले १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद गरी कुल १४% लाभांश वितरण गर्दैछ । 

दिउँसो ४ बजेदेखि सुरु हुने सुपार माई हाइड्राेपावरको साधारण सभा लिसरा रिसेप्सन्स नक्सालमा हुनेछ । सभामा कम्पनीले ७ प्रतिशत बोनस सेयर र करसहित ५.६३ प्रतिशत नगद गरी कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । सभामा आर्थिक वर्ष २०८०/०८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । 

त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनका लागि यस कम्पनीले मंसिर १७ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, मंसिर १६ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन तथा लाभांश हात पार्न सक्नेछन् । 

नेशनल हाइड्राेपावरकाे २ आर्थिक वर्षको वार्षिक साधारण सभा डेलिशा ओपेरा रेष्ट्रो एन्ड बैंक्वेट, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । यसले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन । सेयरधनीको हात खाली हुनेछ । सभामा आर्थिक वर्ष २०७९/०८० र २०८०/८१ को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।  

साथै, रित्त २ जना सञ्चालक निर्वाचन गर्नेछ । यता, सभा प्रयोजनका लागि कम्पनीले मंसिर १९ गते बुक क्लोज गरिसकेको छ । तसथै, मंसिर १८ गतेसम्म सेयर खरिद गरी कायम रहेका सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।

शुक्रबार, २८ मंसिर २०८१, ०८ : ४७

प्रतिक्रिया