चितवनविरुद्ध विराटनगरको फराकिलो जित, प्लेअफको सम्भावना जिवित

शुक्रबार, २८ मंसिर २०८१, १६ : ३५

काठमाडौं - नेपाल प्रिमियर लिग अन्तर्गतको शुक्रबारको खेलमा चितवन राइनोजका ब्याटर चल्न नसक्दा विराटनगर किङसले ५१ रनको जित हात पारेको छ ।

कीर्तिपुर मैदानमा टस हारेर १८२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको चितवनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३० रन मात्रै बनाएको हो ।

चितवनबाट सबैभन्दा बढी रन बनाउने खेलाडी अमर रौटेला हुन् । उनले २९ बलमा ३ चौका र २ छक्काको सहयोगमा ४२ रन जोडे । उनी लोकश बमको बलमा क्रिस सोलमार्फत क्याच आउट भए ।

चितवनबाट सबैभन्दा बढी रन बनाउने खेलाडी अमर रौटेला हुन् । उनले २९ बलमा ३ चौका र २ छक्काको सहयोगमा ४२ रन जोडे । उनी लोकश बमको बलमा क्रिस सोलमार्फत क्याच आउट भए ।

चितवनका कप्तान कुशल मल्लले २ चौका १ छक्काको सहयोगमा २५ बलमा २५ रन जोडे । क्रिसको बलमा उनी प्रतिस जीसीमार्फत् क्याच आउट भए । ओपनर सन्तोष कार्कीले २५ बलमा २८ रन जोडे । उनले ३ चौका र १ छक्का प्रहार गरे ।

शुक्रबार, २८ मंसिर २०८१, १६ : ३५

प्रतिक्रिया