नेपाल प्रिमियर लिग

आज पनि दुई टाेली भिड्दै, ‘प्ले अफ’को तयारीका लागि पाँच खेल बाँकी

शनिबार, २९ मंसिर २०८१, ०६ : ५८

काठमाडाैं- नेपाल प्रिमियर लिग(एनपीएल)मा आज दुई खेल हुँदैछन् । ‘प्ले अफ’को तयारीका लागि मात्र पाँच खेल बाँकी रहँदा, आजको खेल थप रोमाञ्चक छ । किनकि आज भिड्ने चारैटोलीले जितेमा मात्र ‘प्ले अफ’मा जान सजिलो छ ।

पोखरा एभिन्जर्स र काठमाडौं गुर्खाजबीचको खेल आज ९:१५ बजे सुरु हुनेछ । दुवै टिमले प्ले अफको स्थिति सुदृढ बनाउनको लागि जित आवश्यक पर्नेछ । काठमाडौं र पोखराको भोलि पनि खेल छ ।

दोस्रो खेल चितवन राइनोज र जनकपुर बोल्ट्सबीचको रोमाञ्चक खेल दिउँसो १ बजे हुनेछ । यो खेल पनि प्ले अफमा स्थान बनाउनका लागि महत्त्वपूर्ण हुनेछ । यसअघि हिजो प्लेअफको झिनो आशासहित चितवनसँग खेल्दै विराटनगरले जित हात पारेको थियो ।

अब पाँचवटा मात्रै खेल बाँकी हुँदा, अहिलेसम्म प्ले अफमा जाने तीनवटा टीमको टुंगो भने निकाल्न सकिएको छैन । जनकपुर बोल्ट्सले ६ म्याच खेल्दा ५ जित हासिल गर्दै प्ले अफमा स्थान सुरक्षित गरेको छ । तर बाँकी तीन स्थानका लागि ६ टोली अबै पनि दौडमा छन् ।

यी टोलीमध्ये सुदूरपश्चिम र कर्णालीको दावेदारी बलियो देखिन्छ । दुवैले हालसम्म चार जित निकाल्दै ८ अंक जोडेका छन् ।  सुदूरपश्चिमले ५ म्याच खेलेको छ भने कर्णालीले ६ म्याच खेल्दै ४ जित हासिल गरेका छन् ।

अब सुदूरपश्चिमले दुई म्याच खेल्न बाँकी छ । दुईमध्ये एक म्याच जिते, उसले प्ले अफमा स्थान सुरक्षित गर्नेछ ।

दुवै म्याच हारेको खण्डमा पनि उसको सम्भावना बलियो रहनेछ । यद्यपि कर्णालीले पनि बाँकी एक म्याच जिते प्ले अफमा स्थान बनाउनेछ र हारेको खण्डमा पनि सम्भावना समाप्त हुनेछैन ।

जनकपुर, सुदूरपश्चिम र कर्णालीले प्ले अफका तीन स्थान ओगट्दा, चौंथो स्थानका लागि चितवन राइनोज, काठमाण्डु गुर्खाज, पोखरा एभेन्जर्स र विराटनगर किङ्स जस्ता चार टोली भिड्नेछन् । यी चार टोलीमध्ये चितवन राइनोजको समीकरण सहज देखिन्छ भने विराटनगर किङ्सको स्थिति सबैभन्दा कठिन छ ।

शनिबार, २९ मंसिर २०८१, ०६ : ५८

प्रतिक्रिया