मुख्यमन्त्री कार्कीद्वारा झापा कप उद्घाटन

शनिबार, २९ मंसिर २०८१, १५ : ५४

काठमाडौं - फुटबल क्लबको आयोजनामा आजदेखि डोमालाल राजवंशी रंगशालामा ‘झापा कप-२०१८’ सुरु भएको छ । 

प्रतियोगिताको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरे । उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटीबीच प्रतिस्पर्धा हुँदैछ । 

प्रतियोगितामा सिरहाको सलहेस युवा क्लब, काठमाडौँको एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब, दार्जिलिङको जिटिए, काठमाडौँ जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस् क्लब र झापा ११ सहभागी हुने क्लबका अध्यक्ष जलकुमार गुरुङले बताए ।

प्रतियोगिताको फाइनल खेल आगामी पुस ८ गते हुनेछ । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीले नगद रु. १० लाख, ट्रफी, पदक र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद रु. पाँच लाख, ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रत्येक खेलमा प्लेयर अफ द म्याचले रु. १० हजार नगद पाउनेछन् । प्रतियोगितामा सर्वाधिक गोल गर्ने एक जना तथा उत्कृष्ट गोलरक्षक एक जनालाई रु. ३५ हजार नगद पुरस्कार प्रदान गरिनेछ । साथै प्रतियोगिताबाट उदीयमान खेलाडीलाई ‘झापा ट्यालेन्ट’ घोषणा गरिनेछ ।

शनिबार, २९ मंसिर २०८१, १५ : ५४

प्रतिक्रिया