काठमाडौं - मनकामना केबलकारको सेवा पुस (१ र २ गते) दुई दिन बन्द हुने भएको छ ।
टावरको मर्मत सम्भारका लागि दुई दिन केबलकार सेवा बन्द गर्न लागिएको हो । आगामी पुस ३ गते बुधबारदेखि नियमित सञ्चालन गरिने मनकामना दर्शन प्रा.लि.ले बताएको छ । सो अवधिभर ‘वटम स्टेशन’स्थित रेष्टुरेन्ट सेवा भने यथावत रूपमा सञ्चालन हुने मनकामना दर्शन प्रा.लि.ले जनाएको छ ।
गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहज बनाउने उद्देश्यले नेपालमा पहिलो पटक विसं २०५५ मङ्सिर ८ गतेदेखि मनकामना केबलकार सञ्चालनमा ल्याइएको हो ।
प्रतिक्रिया