काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफ दौडबाट काठमाडौं गुर्खाज बाहिरिएको छ।
कर्णाली याक्सले दिएको १०२ रनको लक्ष्य सुदूरपश्चिमले १२.२ रनमा पूरा नगरेसँगै काठमाडौं प्रतियोगिताबाट बाहिरिएको छ।
योसँगै प्लेअफ खेल्ने चार वटा टिमको टुंगो लागेको छ।
अब सुदूरपश्चिम रोयल्ससँगै जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स प्लेअफमा पुगेका छन्।
पहिलो स्थानमा सुदूरपश्चिम रहँदा दोस्रो स्थानमा जनकपुर तथा तेस्रो र चौथो स्थानमा क्रमशः चितवन र कर्णाली रहेका छन्।
प्रतिक्रिया