सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरी ‘प्लेयर अफ द म्याच’ घोषित

सोमबार, ०१ पुस २०८१, १२ : ३२

काठमाडौं- एनपीएलमा कर्णाली याक्सविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरी ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन् ।

सोमबार सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्न ३८ रनको योगदान गरेका दीपेन्द्रले सो अवार्ड प्राप्त गरेका हुन् । उनले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

ऐरीले ‘सुपर फोर’को अवार्ड पनि जिते । जसमा २५ हजार रुपैयाँको पुरस्कारसहित ५ हजार रुपैयाँको एनसेल रिचार्ज भौचर पनि प्राप्त गरेका छन् ।

उनले ‘ममेन्ट अफ द म्याच’ को अवार्ड पनि जिते । उनले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

सुदूरपश्चिमका इशान पाण्डेले क्याच अफ द म्याच जितेका हुन् । उनले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

सोमबार, ०१ पुस २०८१, १२ : ३२

प्रतिक्रिया