पाकिस्तानमाथि नेपालको ऐतिहासिक जित

सोमबार, ०१ पुस २०८१, १५ : २७

काठमाडौं- एसिसी महिला यु–१९ एसिया कपमा नेपालले पाकिस्तानमाथि ऐतिहासिक जित हासिल गरेको छ।

मलेसियाको बायोमास क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले पाकिस्तानाई ६ विकेटले पराजित गरेको हो। 

नेपालले कुनै पनि स्तरमा पहिलोपटक पाकिस्तानलाई हराएको हो। 

पकस्तिानले दिएको १०५ रनको लक्ष्य नेपालले ९.१ ओभरमा चार विकेट युमाएर पूरा गर्यो।

नेपालका लागि कप्तान पूजा महतोले ४७ बलमा तीन चौकाको मद्दतले अविजित ४७ रनको योगदान गरिन्। यसैगरी सोनी पाख्रिले १३, सिमान केसीले अविजित १२ र सान प्रविनले १० रन बनाइन्।

पाकिस्तानका लागि फतिमा खान र क्वारातुलियनले समान एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १०४ रनको योगफल तयार पारेको थियो।

पाकिस्तानका लागि कोमल खानल ३८, महम एनिसले अविजित १९, राभाली फरानले १३  र जोफिशान अयाजले १२ रन बनाए।

नेपालका लागि कप्तान पूजा महतोले दुई तथा रचनाकुमारी चौधरी, रिया शर्मा र सिमाना केसीले समान एक विकेट लिए। 

सोमबार, ०१ पुस २०८१, १५ : २७

प्रतिक्रिया