यू–१९ एसिया कप : हङकङमाथि नेपालको सानदार जित

सोमबार, ०१ पुस २०८१, १५ : ३०

काठमाडौं- यू–१९ एसिया कपमा नेपालले हङकङलाई तीन विकेटले हराएको छ ।

मुलपानी क्रिकेट मैदानमा हङकङले दिएको ११४ रनको लक्ष्य नेपालले ७ विकेट क्षतिमा भेटायो ।

नेपालका लागि सिब्रिन श्रेष्ठले सर्वाधिक २३, दिलसाद अलीले १८, सन्तोष यादवले १५, कप्तान अभिषेक तिवारीले १०, सोहैल कुँवर र अपराजित पौडेलले समान ९र९, सूर्यांशु कोइरालाले ६, रोशन विश्वकर्माले ४, नरेन भट्टले २ र बनाए । नेपालले अतिरिक्त २० रन जोड्यो ।

हङकङका डानियल म्यापले ४ तथा थोम्स अलेक्जेन्डर फुजेस, शायन पुरी र ह्यारी होडसनले समान एकरएक विकेट लिए ।

सोमबार, ०१ पुस २०८१, १५ : ३०

प्रतिक्रिया