भरतपुर महानगरको ७ नम्बर वडा कार्यालय भवनको शिलान्यास

मंगलबार, ०२ पुस २०८१, १५ : ५४

काठमाडौं - भरतपुर महानगरपालिका वडा नम्बरको वडा कार्यालय भवन शिलान्यास गरिएको छ ।‌

मंगलबार महानगरपालिकाको वडा नम्बर ७ स्थित नगर विकास प्लटिङमा निर्माण हुन लागेको तीनतले कार्यालय भवनको महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र वडा अध्यक्ष राजेन्द्रमणि काफ्लेले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन्।  

भवनको शिलान्यास गर्दै महानगर प्रमुख दाहालले वडा कार्यालय भवन गुणस्तरीय ढंगले समयमै निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गर्दै महानगरका प्राविधिकहरूलाई भवन निर्माणको गुणस्तरलाई कडाइका साथ नियमन र अनुगमन गर्न निर्देशन दिइन। प्रमुख दाहालले भरतपुर वडा नम्बर ७ विकासको दृष्टिकोणले अन्य वडाको तुलनामा धेरै अगाडि बढी सकेको उल्लेख गरिन्। 

वडा नम्बर ७ मा हुलाकी राजमार्गदेखि महानगर र प्रदेशबाट निर्माण भएका फराकिला सडकहरू प्राप्त रूपमा रहेको बताइन्। दाहालले अब भरतपुरमा दुई तीन वटा बाहेक सबै वडा कार्यालयहरू निर्माण सम्पन्न भइसकेको र बाँकी पनि निर्माण हुने बताइन् । वडा कार्यालय नहुँदाका संरचनाबाट सेवा प्रवाहमा केही समस्या देखिएकाले नयाँ भवन निर्माण गरिएको जानकारी दिइन।  

महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले भरतपुर महानगरपालिकाले व्यवस्थित र सुविधा सम्पन्न कार्यालयहरूबाट मात्रै नागरिकलाई गुणस्तरीय सेवा प्रवाह गर्न सकिन्छ भन्ने मान्यताका साथ वडा कार्यालय निर्माणलाई तीव्रता दिएको बताए ।

कार्यक्रममा वडा नम्बर ७ का अध्यक्ष राजेन्द्रमणि काफ्लेले विगत ८ वर्ष अघिको भरतपुरको स्वरूप र अहिलेको भरतपुरको पूर्वाधार विकास देशकै अग्रणी पालिकाको रूपमा अघि बढेको उल्लेख गरे । उनले वडा कार्यालय निर्माणमा सम्पूर्ण वडावासीलाई निगरानी गर्न आग्रह पनि गरे ।

भवनको उत्तरगया बिस कौनानी जेभिले निर्माणको जिम्मा पाएको छ । सम्झौता अनुसार आगामी भदौ १ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने छ । कार्यालय भवनमा ११ वटा कोठा हुनेछ भने १०० जना क्षमताको हल निर्माण हुने जनाइएको छ ।

मंगलबार, ०२ पुस २०८१, १५ : ५४

प्रतिक्रिया