हङकङविरुद्धको एकदिवसीय सिरिजको उपाधि नेपाललाई

बुधबार, ०३ पुस २०८१, १५ : ४७

काठमाडौं-  यू–१९ हङकङविरुद्धको एकदिवसीय सिरिजको उपाधि नेपालले जितेको छ ।

मुलपानी क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले हङकङलाई २२६ रनले पराजित गरेको हो । यससँगै नेपालले ३ खेलको एकदिवसीय सिरिजमा २–० को अग्रता लिँदै जितेको हो ।

नेपालले दिएको २९८ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको हङकङ २९.४ ओभरमा ७१ रन बनाएर अलआउट भयो ।

पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेटको क्षतिमा २९७ रन बनाएको थियो ।

यसअघि पहिलो खेलमा नेपालले हङकङलाई ३ विकेटले पराजित गरेको थियो । अब सिरिजको अन्तिम खेल शुक्रबार हुनेछ ।

बुधबार, ०३ पुस २०८१, १५ : ४७

प्रतिक्रिया