काठमाडौं- एसीसी यू– १९ महिला एसिया कपमा आज नेपालले श्रीलंकाको सामना गर्ने भएको छ । नेपाली समयअनुसार बिहान ११:४५ बजे नेपाल र श्रीलंकाबीचको खेल हुनेछ।
समूह चरणको पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गर्दै नेपालले सुपर फोरमा स्थान पक्का गरेको थियो । भारतसँगको दोस्रो खेल भने वर्षाका कारण प्रभावित बनेको थियो ।
श्रीलंकाले समूह चरणको खेलमा मलेसियालाई पराजित गरेको थियो भने बंगलादेशसँग पराजित भएको थियो । पाकिस्तानलाई पराजित गरेको नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रँदै छ ।
प्रतिक्रिया