काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दोस्रो क्वालिफायर खेल हुँदै छ ।
दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेता कर्णाली याक्स र पहिलो क्वालिफायरमा पराजित जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल दिउसो १२:३० बजेदेखि सुरु हुँदै छ ।
यो खेलको विजेताले फाइनल खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्सको सामना गर्ने छ । फाइनल खेल शनिबार हुने छ ।
प्रतिक्रिया