काठमाडौं- एसीसी यू१९ महिला एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर फोरमा नेपालले श्रीलंकासँग अंक बाँडेको छ ।
मलेसियाको क्वालालम्पुरमा बिहीबार खेल शुरू भएलगत्तै भारी वर्षा भएपछि दुवै टीमले १–१ अंक बाँडेका हुन् ।
वर्षाले खेल रोकिनुअघि १ ओभरमा श्रीलंकाले १ विकेट गुमाएर १ रन जोडेको थियो ।
नेपालका लागि कप्तान पूजा महतोले विकेट लिएकी थिइन् । सुपर फोरको अन्तिम खेलमा नेपालले शुक्रबार बंगलादेशसँग खेल्नेछ ।
सबै खेल सकिएपछि लीगका शीर्ष २ टीमले फाइनल खेल्नेछन् ।
प्रतिक्रिया