नेपालले हङकङलाई दियो २६६ रनको विशाल लक्ष्य

शुक्रबार, ०५ पुस २०८१, १२ : ५९

काठमाडौं- एक दिवसीय यू–१९ सिरिजको अन्तिम खेलमा नेपालले हङकङलाई २६६ रनको लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदान हङकङविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४९ ओभर १ बलमा सबै विकेट गुमाउँदै २६५ रन बनायो । नेपालका ओपनर सूर्यान्शु कोइरालाले सर्वाधिक ६० रन बनाए ।

९६ बल खेलेका उनले ८ चौका र १ छक्का प्रहार गरे । उनीसहति सन्तोष यादव, कप्तान अभिषेख तिवारीलेले अर्थशतक बनाए । सन्तोष ५३ र अभिषेख ५३ रनमा आउट भए । नरेन भट्टले ३६, सोहइल कुँवरले १३ र राजेश बोहराले रनको योगदान दिए । बलिङमा हङकङका प्रित मांगुकिया, श्यायन पुरी, पार्थ श्रिभास्टव र डेनियल म्यापले दुईरदुई विकेट लिए ।

लगातार दुई खेलमा जित निकाल्दै नेपालले ३ खेलको एक दिवसीय यू–१९ सिरिज आफ्नो पक्षमा पारिसकेको छ । पहिलो खेलमा ३ विकेटको जित निकालेको नेपालले दोस्रो खेलमा हङकङलाई २२६ रनले पराजित गरेको थियो ।

शुक्रबार, ०५ पुस २०८१, १२ : ५९

प्रतिक्रिया