एनसेल पीआरबीटी सेवाले एनपीएलमा उत्साह थप्दै

शुक्रबार, ०५ पुस २०८१, १६ : ०३

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल भोलि हुन गइरहेको छ र यसले क्रिकेट प्रेमीहरूको उत्साहलाई चरम उत्कर्षमा पुर्‍याएको छ ।

यो माहोललाई अझ रोमाञ्चक बनाउन एनसेलले आफ्ना ग्राहकहरूलाई आफूलाई मनपर्ने टिमलाई समर्थन गर्न कल टोन राख्न सकिने सुविधा ल्याएको छ । यससँगै ग्राहकहरूले एनपीएलका टिमहरूको थिम गीतलाई पर्सनलाइज्ड रिङ ब्याक टोन (पीआरबीटी) का रूपमा आफ्नो फोनमा सेट गर्न सक्छन् ।

बिहीबारसम्म, ५०,००० भन्दा बढी एनसेल ग्राहकहरूले एनपीएलका विभिन्न टिमहरूको थिम गीतलाई आफ्नो पीआरबीटीका रूपमा राखिसकेका छन् । धेरै ग्राहकहरू आफ्नो टिमलाई समर्थन गर्न कल टोन सेट गरिरहेका छन् । ग्राहकहरूले *123*6#डायल गरेर आफूले रोजेको पीआरबीटी राखेर क्रिकेटको माहोललाई थप उत्साहजनक बनाउन सक्छन् ।

एनसेलको पीआरबीटी एक विशेष सेवा हो । यो सेवाअन्तर्गत ग्राहकहरूले नर्मल गीतहरूबाहेक अन्य तीन तरिकामा आफ्नो रुचि, मुड वा विशेष अवसरसँग मेल खाने गरी कल टोन सेट गर्न सक्छन् । ‘नेम ट्युन’ पीआरबीटी सेवामा ग्राहकहरूले आफ्नो नामलाई कलर टोनको रूपमा सेट गर्न पनि सक्छन् ।

त्यसैगरी ‘स्टाटस पीआरबीटी’ अन्तर्गत निश्चित समयका लागि आफ्नो गतिविधिअनुसारमा टोन राख्न सकिन्छ । जस्तैः कुनै ग्राहकले आफूले गाडी चलाइरहेको छ भने उसले फोन गर्नेहरूलाई आफूले गाडी चलाइरहेको जानकारी दिने टोन राख्न सक्छन् । यसबाहेक ‘आफ्नै धुन’ पीआरबीटी सेवाअन्तर्गत ग्राहकले आफूलाई मनपर्ने गीत, धुन वा कुनै अडिओ रेकर्ड गरी अपलोड गरेर टोनका रूपमा पनि राख्न सक्छन् ।

प्रत्येक पीआरबीटीको शुल्क करसहित ३१ रूपैयाँ पर्छ र यो ३० दिनसम्म सक्रिय रहन्छ । यस पीआरबीटी सेवामा सुशान्त केसी, याबेश थापा, भेकजस्ता औधी मन पराइएका कलाकारका गीतहरूदेखि लिएर अरू गीतहरू पनि हरेक संगीतप्रेमीको इच्छाअनुसार छान्न सकिन्छ । 

एनसेलले आफ्नो पीआरबीटी सेवामा नयाँ र ट्रेन्डिङ गीतहरू नियमित रूपमा थप्ने गर्दछ, जसले यो सेवालाई विशेष बनाएको छ ।

शुक्रबार, ०५ पुस २०८१, १६ : ०३

प्रतिक्रिया