नेपाल प्रिमियर लिग

नेपाल प्रिमियर लिगमा ऐरीले जिते ओमोडा कम्पनीको कार

शनिबार, ०६ पुस २०८१, १६ : ५०

काठमाडौं - नेपाल प्रिमियर लिगको सबैभन्दा उत्कृष्ट नेपाली खेलाडी सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरी भएका छन्। 

उनले ओमोडा कम्पनीको एउटा कार पुरस्कार प्राप्त गरेमा हुन् ।
नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ओमाडो एण्ड जेईकोले कार उपहार दिने निर्णय गरेको थियो । 

नेपाल क्रिकेट सङ्घ, ब्रान्ड डिजिटल लजिक प्रालि र शारदा ग्रुपले मिलेर दिन लागेको कारको मूल्य ६१ लाख ९९ हजार रुपैयाँ रहेको छ।

शनिबार, ०६ पुस २०८१, १६ : ५०

प्रतिक्रिया