भारतले बंगलादेशलाई ४१ रनले हराउँदै जित्यो उपाधि

आइतबार, ०७ पुस २०८१, १२ : १३

काठमाडौं - यू–१९महिला एसिया कपको उपाधि भारतले जितेको छ। भारतले बंगलादेशलाई ४१ रनले हराउँदै उपाधि जितेको हो ।

मलेसियाको क्वालालाम्पुरमा भएको फाइनल भिडन्तमा बंगलादेशले टस जितेर पहिले बलिङ रोजेको थियो । भारतले पहिले ब्याटिङमा गएर निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११७ रन बनाएको थियो । 

भारतका लागि सबैभन्दा धेरै गोङ्गाडी त्रिशाले ५२ रन बनाइन् ।  उता बंगलादेशको तर्फबाट फरजाना एसमीनले सबैभन्दा धेरै ४ विकेट झारिन् । ११८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको बंगलादेशको टोली १८।३ ओभरमा ७६ रन बनाएर अलआउट भयो । बंगलादेशका नौ ब्याटरले दोहोरो अंक बनाउन सकेनन् । सबैभन्दा धेरै २२ रन जौरिया फिरदौसले बनाइन् ।

उता भारतको तर्फबाट आयुषी शुक्लाले तीन विकेट झारिन् । परुनिका सिसोदिया र सोनम यादवले २(२ विकेट लिए भने भीजे जोशिथाको नाममा एक विकेट रह्यो ।

आइतबार, ०७ पुस २०८१, १२ : १३

प्रतिक्रिया