काठमाडौं - नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावर लिमिटेडबीच शेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ ।
सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र म्याग्दी हाइड्रोपावरका अध्यक्ष भरतप्रसाद नेपालले आइतबार हस्ताक्षर गरेका हुन् । म्याग्दी हाइड्रोले प्रतिशेयर एक सय रुपैयाँका दरले ४७ लाख ४५ हजार कित्ता बापतको ४७ करोड ४५ लाख रुपैयाँ बराबरको शेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो ।
प्रतिक्रिया