महिला यू- १९ फुटबलमा नेपाल र भुटान बराबरीमा रोकिए

आइतबार, ०७ पुस २०८१, १७ : ००

काठमाडौं - भुटानी यू–१९ महिला टिमसँगको मैत्रीपूर्ण फुटबलमा नेपाली यू–१९ टोली १–१ को बराबरीमा रोकिएको छ । 

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले सुरुआती अग्रता बनाए पनि त्यसलाई कायम राख्न सकेन । नेपालकी सुशिला केसीले गोल गर्दा भुटानकी फुन्सो छोदेनले बराबरी गोल फर्काइन् ।

खेलको ४८औँ मिनेटमा सुशिला केसीले गोल गर्दै नेपाललाई अग्रतामा राखेकी थिइन् । तर, अन्तिम १० मिनेट सम्हालिन नसक्दा नेपालले अग्रतालाई कायम राख्न सकेन । 

खेलको ८०औँ मिनेटमा भुटानकी छोदेनले गोल गर्दै पाहुना टिमलाई खेलमा फर्काइन् । यसपछि थप गोल नहुँदा नतिजा १–१ को बराबरीमा टुंगियो ।

 

आइतबार, ०७ पुस २०८१, १७ : ००

प्रतिक्रिया