काठमाडौं - सामाजिक उत्तर दायित्वलाई आफ्नो मूल मर्म बनाउँदै आएको यस रुट्स फेसन प्रा.लि.ले यस वर्ष पनि आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक संस्थासँग सहकार्य गर्दै अघि बढ्ने निर्णय गरेको छ ।
विगतमा पनि विभिन्न सामाजिक संस्थासँग सहकार्य गर्दै सहारा बिहीनहरुका लागि थोरै मात्रामा भए पनि हातेमालो गर्दै आएको थियो । सिएनएन हिरो अनुराधा कोइराला, अल्ट्रा धावक हरिबहादुर रोकायाले संचालन गरेको अभियानमा समेत हातेमालो गर्दै आएको थियो ।
यस पटक पनि यस रुट्स फेसन प्रा.लिले तीन वटा सामाजिक संस्थालाई सहयोग गर्ने उद्देश्य लिएको छ । यस रुट्स फेसन प्रा.लि अन्तर्गत एडिडासको नेपालकालागि आधिकारिक बिक्रेताको रुपमा काम गर्दै आएको छ । यस प्रा.लिले दरवारमार्ग, जावलाखेल, न्युरोड, सिभिल मल, सिटी सेन्टर एडिडासको आउललेट संचालन गर्दै आएको छ ।
तीन वटा सामाजिक संस्थासँग सहकार्य गर्दै आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत वल्ड सुज एक्सचेन्ज (पुरानो जुत्ता दिएर नयाँ जुत्तामा छुटको अफर) घोषणा गरेको छ । जस अन्तर्गत १२९९० सम्मका जुत्तामा ३ हजार छुट, १२ हजार ९९०देखि २२ हजार ९९० सम्म पर्ने जुत्तामा ४ हजार ५ सय छुट, २२ हजार ९९० भन्दा माथिको जुत्तामा ७ हजार ५ सय छुट दिने घोषणा गरेको छ ।
यो योजना अन्तर्गत राजधानीमा रहेको एडिडासको आधिकारिक सो रुममा यो अफर लागू हुने पनि रुट्स फेसन प्रा.लिले जनाएको छ । जुनसुकै ब्राण्डको पुरानो जुत्ता ल्याएर अफरमा सहभागी बन्न पनि कम्पनीले आग्रह गरेको छ ।
यसरी संकलन भएको पुराना जुत्ता तथा नगद ती तीन वटा सामाजिक संस्थालाई प्रदान गर्ने पनि संस्थाले जनाएको छ । यो योजना डिसेम्बर २५ देखि २०२५ जनवरी २४ सम्म संचालन हुने छ ।
प्रतिक्रिया