काठमाडौं - इनफिनिक्सले दसैँ धमाका बम्पर पुरस्कारका विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ ।
काठमाडौंका वीर बहादुर तामाङललाई हालै राजधानीमा आयोजित विशेष समारोहका बिच इनफिनिक्सका प्रतिष्ठित राष्ट्रिय वितरकहरूको उपस्थितिमा स्टाइलिश भेस्पा एलेगान्ते १५० हस्तान्तरण गरिएको हो । गत सेप्टेम्बर १६ देखि अक्टोबर ३१ सम्मको अवधिका लागि प्रारम्भमा योजना गरिएको इनफिनिक्स दसैँ धमाकाले नोभेम्बर ३ सम्म कार्यक्रमलाई लम्ब्याएको थियो।
जसअनुसार त्यति बेला ठुलो संख्यामा सहभागीहरूलाई आकर्षित गर्दै कार्यक्रमप्रति उत्साह बढाएको कम्पनीको भनाइ छ।
प्रतिक्रिया