काठमाडौं - डिजिटल वालेट ‘आइएमई पे’ आइसिटि अवार्ड २०२४ को डिजिटल सर्भिसेज विधाबाट सम्मानित भएको छ।
पुष ५ गते काठमाडौंमा सम्पन्न भएको कार्यक्रममा उक्त अवार्डबाट सम्मानित गरिएको हो । आफ्नो नवीन र प्रयोगकर्तामैत्री प्लेटफर्म मार्फत आइएमई पेले डिजिटल भुक्तानी लगायतका विभिन्न वित्तीय सेवाहरू प्रयोग गर्ने तरिकामा उत्साहजनक परिवर्तन ल्याएको बताउँदै आएको छ ।
यो अवार्डले नेपालको डिजिटल वित्तीय परिदृश्यमा आईएमई पेको महत्त्वपूर्ण योगदानलाई सम्मान गरेको कम्पनीले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
प्रतिक्रिया