एमएम सिरेमिक टाइलहरूको नयाँ शृंखला प्रस्तुत गर्दै कजरिया

आइतबार, १४ पुस २०८१, १० : १२

काठमाडौं- नेपालको टाइल उद्योगमा अग्रणी नाम कजरिया रमेश टाइल्स लिमिटेडले अब ३००/४५० एमएम सिरेमिक टाइलहरूको नयाँ शृंखला प्रस्तुत गर्दै आफ्नो उत्पादन लाइनलाई अझ विस्तार गरेको छ। कम्पनीले सिरेमिक टाइल्स क्षेत्रमा आफ्नो प्रभावशाली प्रवेशको संकेत दिएको छ । यसअघि कम्पनीले ६००/६०० एमएम, ६००र१२०० एमएमको ग्लेज्ड भिट्रिफाइड र ४००/४०० एमएमको हेभी ड्युटी भिट्रिफाइड टाइल्स बजारमा ल्याइसकेको छ ।

सयभन्दा बढी डिलर र वितरकहरूको नेटवर्क निर्माण गरेको दाबी गरेको छ । यसले ग्राहकलाई कम्पनीका उत्कृष्ट उत्पादन सजिलै प्राप्त गर्न मद्दत पुर्‍याएको बताइएको छ । यी टाइलहरू नेपालमा नै उत्पादन हुने भएकाले, उच्च गुणस्तरको सुनिश्चितता गर्दै उत्पादन लागत पनि कम गर्छ । यसका कारण कजरिया टाइल्सले आयातीत भारतीय टाइलहरूको तुलनामा २५ प्रतिशतसम्म कम मूल्यमा उपलब्ध गराउँदै आएको पनि कम्पनीको भनाइ छ । 

सिरेमिक टाइलहरू आफ्नो विविधता, टिकाउपन र मर्मत–सम्भार गर्न सजिलो हुने कारणले भित्री स्थानहरूमा प्रयोगका लागि उत्तम विकल्प मानिन्छ । कजारिया रमेश टाइल्सले विभिन्न डिजाइन, रङ र साइजका विकल्प प्रस्तुत गर्छ, जसले तिनीहरूलाई भान्सा, बाथरुम र बैठक कोठामा प्रयोग गर्न उपयुक्त बनाउँछ ।


 

आइतबार, १४ पुस २०८१, १० : १२

प्रतिक्रिया