भारतमा कल गर्दा सस्तो पर्ने, प्रतिमिनेट ३ रुपैयाँ ७६ पैसा मात्र

मंगलबार, १६ पुस २०८१, १६ : ००

काठमाडौं - नेपाल टेलिकमले आफ्नो नेटवर्क प्रयोग गरेर भारतमा फोन गर्दा प्रतिमिनेट ३ रुपैयाँ ७६ पैसा (करबाहेक) लाग्ने जनाएको छ । 

विगत देखि नै भारतमा सस्तो दरमा कल गर्नका लागि लागु गरिएको विभिन्न विकल्पहरू मध्ये एक्सेस कोड १४२४ को प्रयोग गरेर हुने वाह्यगमन कलको नयाँ महसुल दर निर्धारण गरिएको टेलिकमले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

जस अनुसार पुस १५ गते राति १२ बजेदेखि एक्सेस कोड १४२४ को महसुल दर कर बाहेक प्रति मिनेट रु. ३.७६ कायम गरिएको छ । यसका साथै एक्सेस कोड १४२४, १४२५ र १४४५ को प्रयोग गरेर भारतमा हुने वाह्यगमन कलको पल्स दर ६० सेकेन्ड निर्धारण गरिएको हो ।

मंगलबार, १६ पुस २०८१, १६ : ००

प्रतिक्रिया