जय ट्रफी एलिट कप – पहिलो दिन २ खेल हुँदै

आइतबार, २१ पुस २०८१, १० : ०३

काठमाडौं- आज देखी जय ट्रफी पुरुष एलिट कप सुरु हुदैँछ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा जय ट्रफी पुस २१ देखि २९ गतेसम्म मधेस प्रदेशको राजधानी जनकपुर र अर्को ठुलो सहर वीरगन्जमा हुनेछ ।

यो प्रतियोगितामा प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताको शीर्ष चार टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश तथा मधेस प्रदेशले प्रतिस्पर्धा गर्नेछन् ।

लिग चरणमा एक अर्कासँग प्रतिस्पर्धा गरे पछि शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन् । क्यानका अनुसार लिग चरणका खेल दुई दिवसीय र फाइनल तीन दिवसीय ढाँचामा खेलाइने छ ।

आजको उद्घाटन खेलमा मधेस प्रदेश र बाग्मती प्रदेशका बिचमा भिडन्त हुनेछ । मधेस प्रदेशबाट हरिशंकर साहले कप्तानी गर्नेछन् भने बागमतीबाट सन्दीप लामिछानेले कप्तानी गर्नेछन् ।

यसैगरी वीरगञ्जमा नेपाल पुलिस र त्रिभुवन आर्मीको खेल पनि आजै हुने छ ।

आइतबार, २१ पुस २०८१, १० : ०३

प्रतिक्रिया