सामसङले नेपालमा सार्वजनिक गर्‍याे ठूलो क्षमताका २ नयाँ बिस्पोक एआई वाशिङ मेसिन

आइतबार, २१ पुस २०८१, १३ : ४१

काठमाडौं - सामसङ नेपालले १२ केजीसम्मको क्षमता, एआई–वाश, र ऊर्जा बचत गर्दै कपडा सुरक्षित राख्ने एआई इकोबबल जस्ता अत्याधुनिक सुविधाहरू रहेको आफ्नो नयाँ बिस्पोक वाशिंग मेसिन नेपाली बजारमा उपलब्ध गराएको छ।

स्मार्टथिंग: एपद्वारा स्मार्टफोनको मार्फत टाढाबाटै नियन्त्रण गर्न सकिने सामसङको नयाँ वाशिब मेसिनले लुगा धुने प्रक्रिया सजिलो बनाउँछ। यसका साथै तपाईँको धुलाईको किसिमलाई बुझी एआई पर्सन्लाइजेसन्सु विधाले तपाईँको लागि उपयुक्त धुलाई साइकल पनि सुझाउँछ। यसमा भएको स्पेसम्याक्स टेक्नोलोजीले सानो साइजको यो मेसिनलाई तपाईँको घरमा सजिलै फिट हुने बनाउँछ र १२ केजीसम्मको लुगाको लोड सजिलै धुन सक्छ।

यो इनोभेटिभ डिजाइनले भित्री ड्रमलाई ब्रिधि गरी गहिराईलाई ६००एमएममा राखेर, कुनै पनि ठाउँमा सहजै रूपमा फिट हुने सुनिश्चित गर्दछ। यो नयाँ वाशिब मेसिनले स्लीक डिजाइन, सजिलो इन्टरफेस, र लुगाको सफाईलाई प्राथमिकता दिन्छ। दक्षता, दिगोपन, र राम्रो अनुभवमा केन्द्रित भएर, यो मेसिनले नेपालमा लन्ड्री गर्ने नयाँ तरिका प्रस्तुत गरेको छ। 

१२केजी लाइन–अप दुई वटा फरक मोडलहरूमा उपलब्ध छ- डायल कन्ट्रोल भएको WW12DG5B24AXIM र एलईडी डिस्प्ले भएको
WW12DG6B24ABIM. यी दुवै मोडलहरूको मूल्य क्रमशः रु १,१४,९९० र रु १,२०,९९० रहेको छ। 

यस वाशिंग मशिनलाई सामसङ कन्ज्युमर इलेक्ट्रोनिक्सको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेड र आधिकारिक पुन विक्रेता त्रिवेणी व्यापार प्राइभेट लिमिटेडका डिलर नेटवर्कद्वारा नेपाल अधिराज्य भरी उपलब्ध गराइएको छ।

आइतबार, २१ पुस २०८१, १३ : ४१

प्रतिक्रिया