जोरकुसुम पार्कमा जस्मिन पेन्टस् को वृक्षारोपण

सोमबार, २२ पुस २०८१, १७ : ४०

काठमाडौं - जस्मिन पेन्टस् ले जोर कुसुम पार्कमा वृक्षारोपण गरेर NPLमा गरेको प्रतिबद्धताको कार्यान्वयनको सुरुवात गरेको छ। 

चितवनको भरतपुरमा रहेको जोर कुसुम पार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । जस्मिन पेन्टस् प्रा.लि. र नेपाल क्रिकेट एसोसियसन क्यानको सहकार्यमा वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको हो । 

नेपाल क्रिकेट एसोसियसन क्यानका सचिव पारस खड्काले बर र पिपलको बिरुवा रोपी कार्यक्रमको उद्घाटन गरेका थिए।  भर्खरै सम्पन्न नेपाल प्रिमियर लिग अन्तर्गतको सम्पूर्ण खेलहरूमा भएका चौका र छक्काको संख्याका आधारमा बिरुवा रोपिने जस्मिन पेन्टस् को प्रतिबद्धता अनुरूप आज बाट वृक्षारोपण कार्यक्रमको सुरुवात गरिएको हो ।

जस अन्तर्गत ६५३ वटा चौका र ३४३ वटा छक्का रहेको थियो । कम्पनीका ब्रान्ड एम्बेस्डर समेत रहेका पारसले नेपाली खेल जगतमा जस्मिन पेन्टस् ले गरेको सहयोगले क्यानलाई थप हौसला मिलेको बताए । कम्पनीले गरेको योगदानको कदर गर्दै आगामी दिनहरुमा पनि साथ सहयोगको आवश्यकता रहेको उनले बताए । 

जस्मिन पेन्टस् ले  NPL सुरु अघि देखिनै प्रत्येक चौकामा एक बिरुवा र प्रत्येक छक्कामा २ बिरुवा रोपिने प्रतिबद्धता व्यक्त गरेको थियो । कम्पनीको प्रतिबद्धता अनुसार जम्मा १३३९ वटा बिरुवाहरू आज बाट सुरु गरी विभिन्न स्थानमा वृक्षारोपण गरिने कम्पनीका सञ्चालक लक्ष्मण अर्यालले बताए । 

नेपाली पेन्टस् हरूमा No. 1 Paints Company को नामले परिचय बनाउन सफल जस्मिन पेन्टस् ले समय समयमा यस्ता विभिन्न खालका सामाजिक कार्यहरू गर्दै आइरहेको छ ।

सोमबार, २२ पुस २०८१, १७ : ४०

प्रतिक्रिया