काठमाडौं - केएनपी नेरोलेक पेन्ट्सले काठमाडौँको फर्पिङमा ट्राफिक प्रभागलाई सडक सुरक्षाको लागी चाहिने आवश्यक सामग्री प्रदान गरेको छ ।
केएनपी नेरोलेक पेन्ट्स गुणस्तरमा मात्र नभई, सामाजिक जिम्मेवारी र सामुदायिक सेवामा पनि प्रतिबद्ध देखिन्छ।सडक दुर्घटनाहरू बढ्दै जाँदा, नेरोलेकले ‘नो हर्न प्लीज,’ ‘नो स्टपिङ,’ ‘स्पीड लिमिटू र ‘नो पार्किङू जस्ता महत्त्वपूर्ण सडक साइनबोर्डहरू प्रदान गरेको छ, जसले सडक सुरक्षा बारेमा जनचेतना फैलाउन मद्दत पुर्याउनेछ।
यी साइनबोर्डहरूले ट्राफिक उल्लंघनका घटनाहरू घटाउनका साथै पैदलयात्री र चालकहरूको सुरक्षामा महत्त्वपूर्ण भूमिका खेल्नेछन्। जापानको सर्वोत्कृष्ट पेन्ट कम्पनी केएनपी नेरोलेकले समाजको भलाईमा योगदान पुर्याउन नयाँ लक्ष्य राखेको छ। सडक सुरक्षा सुनिश्चित गर्न अनि यात्री र चालकहरूको लागि सुरक्षित सडक सुनिश्चित गर्न केएनपी नेरोलेक निरन्तर प्रतिबद्ध छ।
केएनपी नेरोलेकले संसारको सर्वोत्कृष्ट, पर्यावरणमैत्री पेन्टहरूको साथसाथै परिवर्तनशील उत्पादनहरू प्रदान गरी नेपालको पेन्ट उद्योगलाई सुधार गर्दै स्वास्थ्य र दिगोपनको समर्थन गरिरहेको छ।
यस ब्राण्डको गुणस्तर र पर्यावरणमैत्री पेन्टहरूको कारण नेपालमा एक विश्वासिलो नाम बनेको छ। केएनपी नेरोलेक पेन्ट्स समुदायमा सकारात्मक प्रभाव पार्न पाउँदा निकै गर्व महसुस गर्दछ ।
प्रतिक्रिया