बक्यौता बुझाएपछि सुबिसुले पायो पाँच वर्षका लागि लाइसेन्स

शुक्रबार, २६ पुस २०८१, १२ : ३३

काठमाडौं - नेपाल दूरसञ्चार प्राधिकरणले सुविसु केवलनेटलाई नयाँ लाइसेन्स दिएको छ ।

सुविसुले करिब ३१ करोड बक्यौता बुझाएपछि लाइसेन्स नवीकरण गरिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए ।  सुबिसुको लाइसेन्स अवधि पाँच वर्षको रहेको छ । 

सुबिसुले रोयल्टी बापतको १७ करोड ४८ लाख र ग्रामीण दूरसञ्चार सेवा दस्तुरबापत १३ करोड ८९ लाख रुपैयाँ बक्यौता रकम बुझाएको प्राधिकरणले जनाएको । 

 

 
शुक्रबार, २६ पुस २०८१, १२ : ३३

प्रतिक्रिया