महिला त्रिकोणात्मक टी–२० सिरिज जनवरी ३० देखि हुने

आइतबार, २८ पुस २०८१, १० : ११

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले महिला त्रिकोणात्मक टी–२० सिरिजको घोषणा गरेको छ ।

काठमाडौँमा जनवरी ३० देखि फेब्रुअरी ८ सम्म हुने यो प्रतियोगितामा नेपालसहित नेदरल्याण्डस् र थाइल्याण्ड सहभागी हुने भएका छन् ।

तीन देशले एक अर्कासहित ३–३ खेल खेल्ने छन् र शिर्ष दुई स्थानमा हुने देश फाइनलमा पुग्ने छन् । सिरिजको फाइनल खेल फेब्रुअरी ८ मा हुने छ । टियु अन्तर्राष्टिय क्रिकेट मैदानमा हुने यो सिरिज अपराहन्न सवा १२ बजेदेखि शुरु हुने छ । 

खेल तालिका:

आइतबार, २८ पुस २०८१, १० : ११

प्रतिक्रिया