स्किल वीक २०२५ को समापन समारोहमा ४ जना व्यक्तित्व स्किल हिरो अवार्डबाट सम्मानित

मंगलबार, ०१ माघ २०८१, ०९ : ४४

काठमाडौं - स्किल वीक २०२५ छैठौं संस्करण समापन समारोह आज सोमबार द सोल्टी होटेलमा आयोजित विशेष कार्यक्रमको बीच उद्यमीहरू, सरकारी कूटनीतिज्ञहरू, र १००+ इच्छुक उत्साहीहरूको उपस्थितिमा भव्यताका साथ समापन गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री श्री शरतसिंह भण्डारीको उपस्थिति रहेको थियो । स्किल वीक एक हप्ते कार्यक्रम थियो जसमा विभिन्न सिपमूलक तालिमहरू लगायत सिपयुक्त कार्यशाला, तालिम, केस स्टडी, लगायत मनोरञ्जनलाई मध्य नजरमा राख्दै सिपलाई विभिन्न आयामबाट प्रस्तुत गर्ने कोशीस गरिएको थियो ।

कलकारखाना, शैक्षिक संस्था एवम् विभिन्न निकाय सँगको साझेदारीको लक्ष्य लिइ सिपमूलक रोजगारीका अवसर, बढदो सिप प्रतिको महत्त्व, व्यापार, सेवा, आधुनिक प्रविधि देखी लिएर कला तथा संस्कृति झल्किने किसिमले सिपको महत्त्व उजागर गर्ने लक्ष्य लिई स्किल वीक कार्यक्रम जनवरी ६ देखि जनवरी १३ सम्म सञ्चालन भएको थियो । यस कार्यक्रममा ४ फरक सीप क्षेत्रहरू प्रदर्शन गरिएको थियो जसमा कला र संस्कृति, उद्दमशीलता, पर्यटन तथा आतिथ्य, एवम् विज्ञान तथा प्रविधि रहेका थिए ।  

यसै बिच यिनै चार विधामा चार अत्यन्त प्रेरणादायक व्यक्तित्वहरुलाई स्किल हीरो अवार्ड २०२५ उपाधिबाट सम्मानित गरिएको थियो । कलाको पहिलो स्तम्भ अन्तर्गत, नेपाली गायक र गीतकार सुशान्त केसी लाई सम्मान गरिएको छ। आफ्ना सुमधुर संगीत र अर्थपूर्ण गीतहरूसँग सुशान्त केसी नेपाली समकालीन संगीतका एक प्रसिद्ध कलाकार हुन्। उनका गीतहरूले प्रायः नेपाली र पश्चिमी प्रभावहरूलाई मिश्रण गर्छन्, जसले गर्दा स्थानीय र अन्तर्राष्ट्रिय श्रोताहरूको मन जित्न सफल भएका छन्। सुशान्तका गीतहरूले प्रायः व्यक्तिगत अनुभव, प्रेम, बिछोड, र भावनात्मक सम्बन्धलाई झल्काउँछन्। संगीतमार्फत् कथा भन्नसक्ने उनको क्षमताले उनलाई विश्वभरका श्रोताहरूको मनमा स्थान दिलाएको छ। आमालाई समर्पित उनका चर्चित गीत “आमा“ ले धेरै मानिसको भावनालाई छुने काम ग¥यो र नेपाली संगीतमा एक अमर कृतिका रूपमा रहिरहने छ।

त्यसै गरी, उद्यमशीलता विधामा स्किल हिरो को रूपमा नेपाली सामाजिक उद्यमी र खालिसिसी म्यानेजमेन्ट प्रा. लि. की संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत आयुषी केसी लाई सम्मान गरियो। खालिसिसीले फोहोर बेच्ने व्यक्तिहरूलाई १३,००० भन्दा बढी फोहोर उद्यमीहरूको सञ्जाल, जसलाई “खालिसिसी फ्रेन्ड्स“ भनिन्छ,सँग जोड्ने काम गर्छ, जसले नेपालमा कुशल पुनः प्रयोग र फोहोर व्यवस्थापनलाई सहज बनाएको छ । २०१८ मा, आयुषीलाई फोब्र्सको ३० अन्डर ३० एसिया सूचीको सामाजिक उद्यमी वर्गमा समावेश गरिएको थियो। साथै, २०१९ मा उनलाई सामाजिक उद्यमशीलताको क्षेत्रमा योगदानको कदर गर्दै एशिया सोसाइटीको २०१९ को सदस्यका रूपमा पनि सम्मानित गरिएको छ ।

यसका साथै पर्यटन तथा हस्पिटालिटी विधाका लागि सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्ट (SMSH) का संस्थापक तथा प्रिन्सिपल श्री समीर थापालाई पुरस्कृत गरिएको छ । समीर थापालाई नेपालमा विश्वस्तरीय आतिथ्य सेवा र शिक्षा ल्याउन अग्रगामी मानिन्छ। आतिथ्य क्षेत्रको बृहत् अनुभवको साथ, उहाँले यस क्षेत्रमा योग्य कामदारहरूको गम्भीर कमीलाई सम्बोधन गर्न २००१ मा क्ःक्ज् स्थापना गर्नुभयो। नेपालको पहिलो प्राइभेट होटेल म्यानेजमेन्ट स्कुल खोल्ने र देशको पहिलो अन्तर्राष्ट्रिय फास्ट–फुड फ्रान्चाइजी विम्पीको परिचय लगायतका धेरै कुराहरूले उनको उद्यमशीलता यात्रालाई चिन्ह लगाइएको छ। रेडिसन होटल, काठमाडौंमा उनको प्रारम्भिक करियरले उनलाई उद्योगको सीप अन्तरलाई उजागर ग¥यो, जसले SMSH सिर्जना गर्ने उनको मिशनलाई बढावा दियो। थापाको समर्पणले नेपालको आतिथ्यता परिदृश्यलाई आकार दिने, युवाहरूलाई प्रेरणा दिने र आर्थिक वृद्धिलाई अगाडि बढाउने काम जारी राखेको छ ।

साथै विज्ञान तथा प्रविधि विधामा श्री सानुकाजी श्रेष्ठ पुरस्कृत भएका छन् । सानैदेखि, उनले गर्मी मौसमसँग लड्न बाँसबाट लचिलो फ्यान जस्ता व्यावहारिक आविष्कारहरू सिर्जना गर्दै प्रदर्शन गर्नुभयो।  विनम्र पृष्ठभूमिमा जन्मेका, उनले १८ वर्षको उमेरमा रसदमा काम गर्न थाले, सरकारी कार्यालयहरू, कूटनीतिक नियोगहरू, निगमहरू, र UNDP मा विविध अनुभवहरू प्राप्त गरे। १९८१ मा, उनी विश्व बैंकको कन्ट्री अफिसमा सामेल भए, जहाँ उनले २००१ मा आफ्नो सेवा निवृत्तिसम्म सेवा गरे । 

केही समय पछि, उनले डेनमार्कको नवीकरणीय ऊर्जाको लागि फोकसेन्टरमा सामेल भई, संयुक्त राज्य अमेरिकाको एरिजोनाको केयर कोल सस्टेनेबल लिभिङ सेन्टरमा इन्टर्निङ गर्दै उन्नत अनुसन्धान अवसरहरू खोजे। दिगो प्रविधिहरूमा आफ्नो विशेषज्ञता परिष्कृत गर्दै २००२ मा, समान विचारधारा भएका व्यक्तिहरूको समर्थनमा, उहाँले दिगो टेक्नोलोजीहरूको लागि फाउन्डेसन स्थापना गर्नुभयो,। उनको प्रभावशाली कामले उनलाई २००७ मा वल्र्ड च्यालेन्ज रनर–अप अवार्ड, २००९ मा US–EPA बाट PCIA अवार्ड, २०१०  मा NAST बाट राष्ट्रिय पुरस्कार, र २०१४  मा नेपाल सरकारबाट नवीकरणीय ऊर्जा पुरस्कार सहित प्रतिष्ठित मान्यता प्राप्त गर्‍यो। 

सोही दिन समापन समहरोलाई लक्षित गरेर सी ई वो अनप्लग्ड २०२५ नामक भव्य कार्यक्रम सञ्चालन गरिएको थियो जसमा व्यापारका चुनौती, अवसर एवम् प्रयोगात्मक शिक्षाको महत्त्व एवम् नव आगन्तुक व्यापारका पारखीहरूलाई मार्ग दिशा प्रदान गर्न प्यानेल छलफल सञ्चालन गरिएको थियो । सीईओ अनप्लग्डको प्यानल छलफल “Sustainable Future: Skills, Education and Green Economy” शीर्षकमा आयोजना गरिएको थियो। कार्यक्रमलाई सभ्य र भव्य बनाउनका लागि यो कार्यक्रम विभिन्न संसंस्थाको साझेदारीमा सञ्चालन  भएको थियो। Empowered by  पार्टनर को रूपमा इम्बार्क कलेज ले समर्थन गरेको छ ।  

सीएनआई र नेपाल चेम्बर अफ कमर्सस नेपाल पर्यटन बोर्ड, यस कार्यक्रमका युरोपियन युनियन, भारतीय दूतावास, र अस्ट्रेलियन दूतावास रणनीतिक साझेदार हुन् । होंडा, कोका–कोला, WWF Nepal, CG मोटर्स कार्यक्रमका साझेदार, यूएनडीपी र यूके स्किल्स पार्टनरशिप प्राविधिक सहयोगी, द सोल्टी काठमाडौं होटल पार्टनर, वल्र्डलिंक इन्टरनेट पार्टनर, कान्तिपुर र द काठमाडौं पोस्ट मिडिया पार्टनर, यति एयरलाइन्स एयरलाइन्स पार्टनर, र NNQ आउटरीच पार्टनर रहेका छन् ।

 
मंगलबार, ०१ माघ २०८१, ०९ : ४४

प्रतिक्रिया