आइपीओ निष्कासन गर्दै ओम मेगाश्री फार्मास्युटिकल्स

शुक्रबार, ०४ माघ २०८१, १० : ०८

काठमाडौं- ओम मेगाश्री फार्मास्युटिकल्स कम्पनीले आइपीओ निष्कासन अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले माघ ३ गते कम्पनीलाई आइपीओ निष्कासनको लागि अनुमति दिएको हो ।

ओम मेगाश्रीले १८ लाख कित्ता सेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो । जसअनुसार यस कम्पनीले १८ करोड रुपैयाँ बराबरको सेयर जारी गर्नेछ । यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

 

शुक्रबार, ०४ माघ २०८१, १० : ०८

प्रतिक्रिया