राष्ट्रपति रनिगं शिल्ड प्रतियोगिता विभिन्न खेलहरू सम्पन्न

शुक्रबार, ०४ माघ २०८१, १८ : २२

काठमाडौं - रुपन्देहीको देवदहमा संचालित देवदह नगरपालिका स्तरीय अन्तर विद्यालय दोस्रो राष्ट्रपति रनिगं शिल्ड प्रतियोगिता–२०८१ अन्तर्गत दोस्रो दिन विभिन्न खेलहरू सम्पन्न भएको छ ।

देवदह नगरपालिकाको आयोजना र केरवानी माध्यमिक विद्यालयको व्यवस्थापनमा भएको प्रतियोगिता अन्तर्गत दोस्रो दिन भएको ८ सय छात्रा तर्फ देवदह बुद्ध पब्लिकका सिम्रन पाण्डे प्रथम, देवदह माविका रिताका थापा द्वितीय, जनप्रिय माविका पूर्णिमा चौधरी तृतीय भएको छ । यसै गरी सोही खेलको छात्र तर्फ देवदह बुद्ध पब्लिकका प्रविन राना प्रथम, केरवानी माविका विक्रम बोहोरा द्वितीय , ग्रीन प्लान्ट आवासीय माविका अभिषेक लामिछाने तृतीय भएको छ । 

२ सय मिटर छात्रा तर्फको दौडमा सिता माविका रोशनी सुनाम प्रथम, देवदह बुद्ध पब्लिकका जस्मिन थापा द्धितिय, न्यू नमुनामाविका कृषिका तिवारी तृतीय भएको छ भने छात्र तर्फको खेलमा केरवानी माविका समीर सारु प्रथम, देवदह बुद्ध पब्लिकका प्रदिप सुनार द्धितिय, सेभेनस्टार बोडिङ्गका ईमरान पठान तृतीय भएको छ । यसै गरी छात्र तर्फ भएको ४ सय मिटर रिले दौडमा देवदह मावि प्रथम, केरवानी मावि द्वितीय , ग्रीन प्लान्ट मावि तृतीय भएको छ भने छात्रा तर्फ भएको खेलमा ग्रीन प्लान्ट मावि प्रथम, देवदह बुद्ध पब्लिक द्वितीय , सगरमाथा आवासीय मावि तृतीय भएको छ ।

त्यसै गरी छात्रा तर्फ भएको ज्याभलिन थ्रो तर्फ भविष्य निर्माण माविका विना श्रीष प्रथम, देवदह बुद्ध पब्लिकका बिमला मस्राङ्गी द्धितिय, सगरमाथाका विष्णु पोखरेल तृतीय भएको छ । यसै गरी छात्र तर्फ भएको सोही खेलमा देवदह बुद्ध पब्लिकका यामबहादुर वस्याल प्रथम, न्यू लुम्बिनी बोडिङ्गका सन्दिप गुरुङ्ग द्वितीय , जनप्रिय माविका लक्ष्मण आले तृतीय भएको छ । प्रतियोगिता अन्तर्गत छात्र तर्फको ट्रिपल जम्पमा केरवानी माविका हिमान्सु चापागाई प्रथम, खड्क माविका कृष्ण थारु द्धितिय, देवदह माविका चन्द्रबहादुर क्षेत्री तृतीय भएको छ । 

यसै गरी छात्रा तर्फ भएको सोही खेलमा सगरमाथाका जस्मिन कुवर प्रथम, न्यू लुम्बिनी बोडिङ्गका दिपिका रिजाल द्वितीय , केरवानी माविका आरती सार्की तृतीय भएको छ । त्यसै गरी देवदह नगरपालिका स्तरीय अन्तर विद्यालय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर्गत कराते प्रतियोगिता सम्पन्न भएको छ । खेल विभिन्न कातामा भएको खेलमा ३ स्वर्ण, ४ रजत र ३ कास्य प्राप्त गरी देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालय प्रथम भएको छ । 

यसै गरी २ स्वर्ण, २ रजत र ५ कास्य प्राप्त गरी सगरमाथा आवासीय विद्यालय द्वितीय भएको छ । त्यसै गरी २ स्वर्ण, १ रजत र २ कास्य प्राप्त गरी भविष्य निर्माण मावि तृतीय भएको छ । प्रतियोगिता अन्तर्गत छात्र तथा छात्रा तर्फ कड्डीका विभिन्न खेलहरू सम्पन्न भएको छ । त्यसै गरी छात्र तथा छात्रा भलिबल तर्फ विभिन्न खेलहरू सम्पन्न भएको छ । छात्र तर्फको भलिबल खेलमा देवदहका २७ वटा विद्यालय मध्ये २१ वटा विद्यालयको सहभागिता रहेको छ भने छात्रा भलिबल खेलमा १८ वटा विद्यालयको सहभागिता रहेको केरवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक निर्मल ढुंगानाले जानकारी दिए ।

माघ ३ देखि ५ गते सम्म संचालन हुने प्रतियोगितामा देवदह क्षेत्रमा रहेका २७ वटा विद्यालयका ८४३ खेलाडीहरूले विभिन्न खेलमा प्रतिस्पर्धा गरिरहेको उनले जानकारी दिए ।
 

 
 
शुक्रबार, ०४ माघ २०८१, १८ : २२

प्रतिक्रिया