नेपालले दियो बंगलादेशलाई ५३ रनको लक्ष्य

शनिबार, ०५ माघ २०८१, १४ : ०२

काठमाडौं - आइसीसी यू-१९ टी-२० महिला विश्वकपमा नेपालले ५३ रनको लक्ष्य दिएको छ ।

आफ्नो पहिलो खेलमा शनिवार नेपालको ब्याटिङ नचल्दा नेपालले बंगललादेशलाई झिनो लक्ष्य दिएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १८.२ ओभरमा अल आउट हुँदै ५२ रनको झिनो योगफलमात्रै तयार पार्न सकेको हो ।

नेपालकी ओपनर साना प्रविनले सर्वाधिक १९ रन जोडिन् भने सिमाना केसीले १० रन बनाउँदा अन्य नेपाली ब्याटरले दोहोरो अंकको रन जोड्न नसके पछि बंगलादेशले झिनो लक्ष्य पाएको हो ।

बंगलादेशका जनाथन माओलाले २ तथा अनिसा सोवा, फोयोमोदी चोया र निशीता अख्तरले समान १ विकेट लिएका थिए ।


 

 
 
शनिबार, ०५ माघ २०८१, १४ : ०२

प्रतिक्रिया