महिला यू-१९ विश्वकपमा नेपाल बंगलादेशसँग पराजित

शनिबार, ०५ माघ २०८१, १४ : ५६

काठमाडौं - आईसीसी यू-१९ टी-२० महिला विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले पहिलो हार व्यवहारेको छ ।

नेपालले दिएको ५३ रनको लक्ष्य पछाएको बंगलादेशले १३-२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । समूह डी अन्तर्गतको पहिलो खेलमा नेपालले टस हारेर पहिला ब्याटिंग गर्दै १८.२ ओभरमा अल आउट हुँदै ५२ रन बनाएको थियो ।

अब नेपालले दोस्रो खेल जनवरी २० मा स्कटल्याण्डसँग खेल्ने छ । आजदेखि सुरु भएको विश्वकपमा नेपाल समूह डी मा रहेको छ । समूह डी मा नेपालसहित अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड रहेका छन् । नेपालले पहिलो खेल आज बंगलादेशसँग खेल्दै छ भने दोस्रो खेल जनवरी २० मा स्कटल्याण्डसँग खेल्दै छ ।

त्यस्तै तेस्रो खेल जनवरी २२ मा अस्ट्रेलियासँग खेल्ने तालिका रहेका छन् ।मलेसियामा जनवरी १८ देखि सुरु हुने यस विश्वकपमा १६ देशले भाग लिँदै छन् । 

जसमा नेपालसहित आयोजक मलेसिया, अस्ट्रेलिया, बंगलादेश, इङल्याण्ड, भारत, आयरल्याण्ड, न्यूजील्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, वेस्ट इन्डिज, नाइजेरिया, सामोआ, स्कटल्याण्ड र अमेरिका रहेका छन् । 

 
शनिबार, ०५ माघ २०८१, १४ : ५६

प्रतिक्रिया