चौदण्डीगढी मेयर कप फुटबल सोमबारदेखि सुरु, तयारी पूरा

शनिबार, ०५ माघ २०८१, १६ : ०१

काठमाडौं - उदयपुरको चौदण्डीगढी नगरपालिकाले नारदमुनि खेल मैदानमा आगामी सोमबारदेखि आयोजना हुने छैटौँ संस्करणको मेयर कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । 

नगरपालिकाको आयोजनामा हुने उक्त प्रतियोगितामा आठ समूहले स्पर्धा गर्ने चौदण्डीगढी नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु मगरले बताए। 

प्रतियोगितामा प्रथम हुने टिमलाई ५५ हजार र कप प्रदान गरिनेछ भने दोस्रो स्थान हासिल गर्ने टोलीलाई ३५ हजार र प्रमाणपत्र प्रदान गरिने छ । खेल नकाउटका आधारमा हुनेछ । 

 
शनिबार, ०५ माघ २०८१, १६ : ०१

प्रतिक्रिया