पश्चिम नवलपरासीमा आठ करोड करोडको प्रशासनिक भवन निर्माण

आइतबार, ०६ माघ २०८१, १३ : १६

काठमाडौं - झन्डै रु आठ करोड लागतमा जिल्ला समन्वय समिति (जिसस)  पश्चिम नवलपरासीको प्रशासनिक भवन निर्माण भएको छ ।

रामग्राम नगरपालिका–४ स्थित दुई बिघा दस कठ्ठामा भवन निर्माण भएको हो । जिससको कामकाज यसअघि भाडाको भवनमा रहेको कार्यालयबाट भएको जिसस प्रमुख भगौतीप्रसाद यादवले बताए । 

उनले जिससको नवनिर्मित भवन नजिकै रु १६ करोड लागतमा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र निर्माणको समेत योजना बनाइएको बताए । यद्यपि अहिले स्रोत व्यवस्थापनको काम भइरहेको उनको भनाइ छ ।

भगवान बुद्धको अष्टधातु भएको रामग्राम स्तूपदेखि करिब तीन किलोमिटर उत्तरमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको आवश्यकता भएसँगै निर्माणको तयारी सुरु गरिएको उनले बताए

 
आइतबार, ०६ माघ २०८१, १३ : १६

प्रतिक्रिया