काठमाडौं - मानूषी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा रोजगारीको अवसर खुलाएको छ ।
संस्थाले आइतबार एक सूचना जारी गर्दै ६ जना कर्मचारी माग गरेको हो ।संस्थाले व्यवस्थापन प्रशिक्षार्थीमा एक जना, सूपरभाइजर तथा वरिष्ठ सहायकमा एक जना र कनिष्ठ सहायकमा ४ जनासहित कुल ६ जना कर्मचारी माग गरेको छ ।
उक्त पदहरूमा आवेदन दिनको लागि न्युनतम एसएलसी देखि स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने संस्थाले जनाएको छ । इच्छुक उम्मेदवारले आवश्यक कागजात संकलन गरी संस्थाको आधिकारिक वेबसाइट तथा इमेल मार्फत आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया