यू-१९ महिला टी२० विश्वकप : नेपालले स्कटल्यान्डलाई दियो ७४ रनको लक्ष्य

सोमबार, ०७ माघ २०८१, १३ : ५६

काठमाडौं - मलेसियामा जारी आईसीसी यू-१९ महिला विश्वकप क्रिकेटमा नेपालले स्कटल्याण्डलाई ७४ रनको लक्ष्य दिएको छ । 

मलेसियाको बांगीमा स्कटल्याण्डविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको नेपाल १८ ओभर ५ बलमा ७३ रनमा समेटिएको हो । नेपालकी कप्तान पूजा महतोले सर्वाधिक २७ रन जोडिन् । 

४३ बल खेलेकी उनले ३ चौका प्रहार गरिन् । सावित्री धामीले १० रन जोड्दा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा स्कटल्यान्डकी माइसी मसेराले सर्वाधिक ५ विकेट लिइन् । 
 

सोमबार, ०७ माघ २०८१, १३ : ५६

प्रतिक्रिया