असारमा पनि मेलम्चीको पानी ल्याउने प्रबन्ध मिलाइएको छ : मन्त्री यादव

शुक्रबार, ११ माघ २०८१, १२ : ५३

काठमाडौं - खानेपानी मन्त्री प्रदीप यादवले असारमा पनि मेलम्चीको पानी काठमाडौं ल्याउने प्रबन्ध मिलाइएको दाबी गरेका छन् । 

खानेपानी तथा सरसफाइ नियमावली, २०८१ सम्बन्धी खानेपानी मन्त्रालयको प्रेस नोट सार्वजनिक गर्दै उनले मेलम्चीको पानी बाह्रै महिना काठमाडौं ल्याइने बताए । सो अवसरमा मन्त्री यादवले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले मन्त्रालय आएर बहादुरी देखाउन खोजेको आरोप समेत लगाए । 

एक गाग्रो पानीले धरान बासीलाई नपुग्ने भन्दै उनले एक वर्षभित्र धरानमा पनिको सकंट समाधान गर्ने गरी काम अघि बढाउने जिकिर गरे । 

शुक्रबार, ११ माघ २०८१, १२ : ५३

प्रतिक्रिया