गार्डियन माइक्रो लाइफले माग्यो ठुलो संख्यामा कर्मचारी

शुक्रबार, ११ माघ २०८१, १३ : ३०

काठमाडौं - गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले देशका विभिन्न स्थानमा रहेका शाखा, उपशाखा कार्यालयको लागि कर्मचारी माग गरेको छ ।

शुक्रवार एक सूचना जारी गर्दै कम्पनीले विभिन्न स्थानमा रहेका १५ वटा शाखा, उपशाखा तथा एक्सटेन्सन शाखा कार्यालयका लागि बजार व्यवस्थापक पदमा कर्मचारी माग गरेको हो । उक्त पदमा आवेदन दिनको लागि प्लस टु उत्तीर्ण गरेको, कम्प्युटर सम्बन्धी ज्ञान भएको तथा बीमा सम्बन्धी अनुभव भएका उम्मेदवारलाई बढी प्राथमिकता दिने कम्पनीले जनाएको छ ।

इच्छुक उम्मेदवारले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित मितिले १५ दिनभित्र कम्पनीको इमेल मार्फत आवेदन दिन सक्नेछन् ।

शुक्रबार, ११ माघ २०८१, १३ : ३०

प्रतिक्रिया